संक्रमित गर्भवतीको उपचार व्यवस्था मिलाउन माग
रुपन्देही-रुपन्देहीमा कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमण बढ्दै गएपछि गर्भवतीमा जोखिम बढेको भन्दै उपचार व्यवस्था मिलाउन अधिकारकर्र्मीले प्रदेश ५ सरकारसँग माग गरेका छन् ।
संक्रमित गर्भवतीको सहजै जाँच तथा शल्यक्रियाको व्यवस्था नहुँदा जोखिम थपिएको भन्दै उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
सामाजिक विकासमन्त्री सुदर्शन बराललाई भेटेर सरकारी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीका लागि तत्काल उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
सबै अस्पताल र स्वास्थ्य चौकीमा कोभिड सङ्क्रमित गर्भवती र वालवालिकालाई उपचारको ब्यवस्था मिलाउन र उपचारको प्रवन्ध हुँदाहुँदै बाहिर नपठाउन मन्त्री बराललाइ आग्रह गरेको कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशमै सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्