संक्रमणयुक्त क्षेत्रमा निशेधाज्ञा तथा लकडाउनमा कडाइ
काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि संक्रमणयुक्त क्षेत्रहरुमा निशेधाज्ञा तथा लकडाउनमा कडाइ गरिएको छ ।
कतिपय जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलिन नदिन जारी गरिएको निषेधाज्ञा तथा लकडाउनको अवधि बढाइएको छ ।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्र ३ दिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ताका लागि लकडाउन गरिएको छ ।
महानगरको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुुभयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने विभिन्न नाकामा रात्रिकालीन जाँच शुरु गरेका छ । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरु गरिएको हो ।
त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा भोलिदेखि १२ लागु हुने गरि आगामी भदौ ५ गते सम्मका लागि लकडाउन गरिएको छ ।
लकडाउन अवभिमा खाद्यान्न, तरकारी फलफूल दुध तथा दुग्ध जन्य पदार्थको बिक्रि बितरण आवश्यक दुरी कायम गरि बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म सञ्चालन गर्ने गरि व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि अधिकारीले बताउनुभयो ।
त्यस्तै, लमजुुङको सुन्दरबजार नगरपालिकामा ३२ वर्षीय एक पूुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि आजैदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निशेषधाज्ञा जारी गरेको जिल्ला प्रशाससन कार्यालय लमजुङले जनाएको छ ।
यस्तै सुर्खेतको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगरमा ५ दिन निशेधाज्ञा गर्ने निर्णय गरेको छ । बैठकले आगामी भादौ १ गतेदेखि ५ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बर्दियाले हिजोसम्मका लागि जारी गरेको निशेधाज्ञाको अवधि ३ दिन बढाएर यहि साउन ३२ सम्म पुर्याएको छ ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा थप फैलिने जोखिम बढेर गएको भन्दै कोरोना संकट व्यवस्थापन समितिको बैठकले निशेधाज्ञा अवधि बढाउने निर्णय गरेको हो ।
उता काभ्रेको धुलिखेल अस्पतालमा हिजो बिरामीसहित स्वास्थ्यकर्मी र अस्पताल नजिककैको होटल व्यवसायीलाई समेत कोरोना भाइरस संक्रमण देखिएपछि धुलिखेल नगरपालिकाले आजदेखि आगामी भदौ ५ गतेसम्मका लागि अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको छ ।
नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भई त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रातिका समयमा प्रवेश गर्न रोक लगाएको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश विपद् व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्