तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ९५ जना कोरोना सङ्क्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज (शुक्रवार) ९५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित थपिएका मध्ये ७६ पुरुष २८ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज विराटनगरमा २० पुरुष र १३ महिला गरी ३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै मोरङको रंगेलीमा १९ पुरुष र नौ महिला गरी २८ जना सुन्दरहरैचामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १८ पुरुष र चार महिला गरी २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको दुहबीमा ११ पुरुष र दुई महिला धरानमा दुई इटहरीमा तीन, घुस्कीका तीन, रामधुनी र देवागन्जमा एक ्रएक जनामा संक्रमण देखिएको छ ।

यस्तै झापामा नौ पुरुष र दुई महिला गरी नौ जनामा संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा दुई पुरुष, दमकमा चार महिला दुई पुरुष, शिवसताक्षीमा एक पुरुष र सिरहा र धनुषाका एक –एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार आठ सय २१ पुगेको छ ।

प्रदेश १ मा आज थप ३५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा मेची अस्पताल झापाबाट १७ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १२ जना र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छ जना रहेका छन् ।

डिस्चार्ज भएकाहरू झापाका १५ मोरङका १४ इलामका चार र सुनसरीका दुई जना रहेका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार ७५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button