नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४९ जनामा कोरोना सङ्क्रमित थपिए

बीरगंज । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको क्रममा चिकित्सक, सुरक्षाकर्मी, बैङ्कका कर्मचारीसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९ जना सङ्क्रमितमध्ये २६ जना पर्साका, २० जना बाराका, दुई जना महोत्तरीका र एक जना बीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।
पर्साका २६ जना सङ्क्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेको र सङ्क्रमित हुनेहरूमा हन बर्षिया बालिका देखी ६९ वर्ष समूहका रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।
नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक÷एक जना स्टाफमा कोरोना देखिएको हो ।
अस्पतालका तीन जना स्विपर, तीन जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका छ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैङ्कका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।
अन्य सङ्क्रमित हुनेहरूमा जितपुर सिमरा उपमहानगरपालिका बाराका १९ जना, विश्रामपुर गाउँपालिका बाराका एक जना, जितपुर स्थित आर्मी ब्यारेकका एक जना सैनिक जवानलगायतका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्