१० लाख बढी घुुससहित इन्जिनियर पक्राउ
काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साहलाई १० लाखभन्दा बढी घुुस रकमसहित पक्राउ गरेको छ ।
खानेपानी शाखा कार्यालयहरुबाट घुस रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई २ लाख ३३ हजारभन्दा बढी नगद र ८ लाख २२ हजारको बैंकमा जम्मा गरेको भौचरसहित धादिङको धुनिवेसीबाट नियन्त्रणमा लिएको छ ।
उनीविरुद्ध थप अनुुसन्धान सुुरु गरिएको अख्तियारले जनाएको छ ।
आजै, अख्तियारले कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा सिद्धराज जोशीविरुद्ध करिब १ लाख बराबरको भ्रष्टाचार मुुद्दा दायर गरेको छ ।
जोशीले गाउँपालिकाले दिएको सिलाई तथा सैलुुन तालिम सम्पन्न पश्चात रकम भुक्तानी गरिदिने बहानामा सेवाग्राहीसँग ८५ हजार घुस लिएको पुष्टि भएकाले उनी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुुद्दा दायर गरेको अख्तियार जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्