स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते

तुलसीपुर । तुलसीपुरको अश्वारामा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अवारा निवासी टेकबहादुर साहु रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो ।
घाइतेको भएका साहुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको बा१८च ७२०३ नम्बरको स्कारपियो जिपले रा२प४०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्