थुनुवामा संक्रमण पुष्टि भएसँगै पर्साका ७३ थुनुवालाई स्थानान्तरण गरिदै
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका थुनुवाहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा थुनुवा व्यवस्थापनमा चुनौती देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा अहिले ७३ जना थुनुवा रहेका छन् । जसमध्ये अवैध लागुऔषधका ४० जना, बलात्कार अभियोगका २ जना, ज्यान मार्ने उद्योगका १ जना, सार्वजनिक मुद्दाका ३ जना, अवैध हुण्डी कारोवारका २ जना, बैकिङ्ग कसुरका ३ जना, किर्तेका ३ जना, मानव वेचविखनका १ जना, अमानविय व्यवहारका ४ जना, प्रहरीलाई घुस दिन खोज्ने तथा तस्करीका ४ जना गरी ७३ जना प्रहरी हिरासतमा रहेका छन ।
प्रहरी थुनुवामा रहेका केही व्यक्तिलाई कोरोना पुष्टि भएसँगै हिरासत भित्र रहेका थुनुवाहरुलाई सुरक्षित स्थानमा सार्ने र हिरासत कक्ष खाली गर्ने अभियानमा पर्सा प्रहरी जुटेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
सार्वजनिक लगायत सामान्य मुद्दाका व्यक्तिहरुको मुद्दा टुङ्गयाईने समेत पन्तले बताउनुभयो । प्रहरी हिरासतमा रहेका थुनुवा मध्ये केहीलाई रुघा खोकी र ज्वरो आएपछि थप समस्या भएको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्