राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग दुई लाख घुस लिदालिदै पक्राउ

रुपन्देही । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि रानासहित पक्राउमा परेका छन् ।
रुपन्देहीका गुट्खा उद्योगी तथा चिनी व्यवसायी अनिलकुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
बुटवलको बेलवासस्थित राजश्व अनुसन्धान कार्यालयमा गुटखा व्यापारीसँग मासिक घुस रकम बापत २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भुसालले बताउनुभयो ।
मासिक रुपमा सुर्ति, तथा गुट्खा ब्यापारीसँग रकम बुझ्दै आएका रानाले आज सेवाग्राही ब्यापारीलाई रकम बुझाउन कार्यालयमा बोलाएको र विशेष सूचनाका आधारमा अख्तिायारको टोलीले घुस रकम लिने दिने गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्