मानसिक अवस्था कमजोर भएकी बेवारिसे महिलाको पृथ्वी राजमार्गबाट उद्धार

तनहुँ । तनहुँको याम्पाफाँटबाट मानसिक अवस्था कमजोर भएकी एक जना महिलाको उद्धार गरिएको छ ।
बन्दिपुर गाउँपालिका वडा नं. ५ पृथ्वी राजमार्ग क्षेत्रमा लामो समयदेखि अलपत्र÷बेवारिसे अवस्थामा रहेकी महिलाको बन्दिपुर गाउँपालिका ५ नं. वडा कार्यालयको समन्वयमा उद्धार गरिएको हो ।
उद्धार गरिएको महिलालाई कोसिस नेपालले ललितपुरमा लगेर उपचार गर्ने जनाएको छ । उद्धार गरिएको महिलाले आफ्नो नाम थर र ठेगाना बताउन नसक्ने अवस्थामा रहेको बन्दिपुर गाउँपालिकाले जनाएको छ ।
कोसिस नेपालले उपचारका लागि ललितपुर लगेको कोसिस नेपाल तनहुँकी कार्यक्रम संयोजक मनिता थापाले बताउनुभयो ।
याम्पाफाँटदेखि ललितपुरसम्म बन्दिपुर गाउँ पालिकाले आफ्नै सवारीमा राखेर पठाएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्