तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक निकायहरुमा १५ दिन भित्र सूचना अधिकारी तोकी आयोगलाई जानकारी गराउन निर्देशन


काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनका लागि संघ र प्रदेश स्तरीय सार्वजनिक निकायहरुमा १५ दिन भित्र सूचना अधिकारी तोकी आयोगलाई जानकारी गराउने व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।

आयोगले आज आफ्नै कार्यालय काठमाडौँमा पत्रकार सम्मेलन गरी संघमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश स्तरमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हरेक सार्वजनिक निकायले प्रत्येक ३/३ महिनामा गरिएको कामको १५ दिनभित्र स्वतः प्रकाशन गरी वेभसाइटमा राख्ने तथा आयोगलाई जानकारी गराउने लगायतको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका सूचना आयूक्त तथा प्रवक्ता कमला ओली थापाले आर्थिकवर्ष २०७६÷७७ मा आयोगमा परेका शत प्रतिशत पुनरावेदन फछ्र्याैट गरिएको जानकारी दिनुभयो ।

आयोगलेले प्रत्येकवर्ष सूचनाको हकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अभियान्ता लाई प्रदान गर्दे आएको पुरस्कारलाई राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्त विनयकुमार कसजुको नाममा पुरस्कारको नामाकरण गरिएको पनि जनाएको छ ।

आयोगले हालसम्म विभिन्न एक सय २० वटा कार्यालयको वेभ अनुगमन गर्दा २९ वटाले सूचना अधिकारी नतोकेको र ९० वटा कार्यालयले सूचना स्वतः प्रकाशन नगरेकोे जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button