तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको बर्षाले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु

पाल्पा । लगातारको वर्षाले अवरुद्ध सिद्धार्थ राजमार्ग मंगलबार दिउसो ३ बजेबाट सुचारु भएको छ । सुचारु भएको सडकको कतिपय स्थानमा सडक भासिदा सडक क्षतबिक्षत भएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, गौडेपुल लगायत स्थानको पहिरो हटाए पछि सडक एकतर्फी संचालनमा आएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा यातायात ठप्प भएको थियो । सडक खुले पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button