पहिरोमा पुरिएर बागलुङमा तीन जनाको मृत्यु

बागलुङ । बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको तमानखोला गाउँपालिका वडा नं. २ खोलेवाङमा पाल बहादुर बिकको करिब ३० मिटर माथीबाट आएको पहिरोले घर पुरिँदा उहाँका १३ वर्षिया छोरा खिम बहादुर बिक र १२ वर्षिया छोरी रिता बिकको मृत्यु भएको हो ।
पहिरोमा परि मृतककी ३४ वर्षिय आमा होम कुमारी बिक गम्भिर घाईते हुनुभएको छ । घाइते विकका श्रीमान पाल बहादुर रोजगारीका लागि विदेशमा हुनुहुन्छ ।
बागलुङकै निसीखोला गाउँपालिका वडा नं. १ हर्पेमा एक घर पहिरोले पुरेको छ । पहिरोमा परि अन्दाजी ५ बर्षिया समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।
यस्तै, निसीखोला गाउँपालिका कै अन्दाजी ६० बर्षिया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको रेग्मीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्