तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नम्वर ९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

शनिबार साँझ ७ बजे घरबाट १ सय मिटर टाढा लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा अचानक छुँदा करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।

घटनास्थलमा शनिबार राती मात्रै प्रहरी पुगेको उहाँले बताउनुभयो । मृतक चन्दको शव पोष्टमार्टमा लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याउँदै गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button