अछाममा ठुलो सङ्ख्यामा सलह भित्रियो
अछाम – जिल्लामा पहिलो पटक ठुलो सङ्ख्यामा सलह किरा देखिएको छ। अछामको कमल बजार नगरपालिका वाड नम्बर ५ कुईकामा आज आइतबार ठुलो सङ्ख्यामा सलह किरा देखिएको हो ।
दैलेखको सिमाना हुँदै कुईकाको भुलबाडा टोलमा सलह देखिएको हो । ठुलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेको छ ।
किसानले लगाएका मकैलगायतका अन्य बालीनालीमा लाखौँ बराबरको क्षति गरिसकेको स्थानीय कम्मानसिंह भुलले जानकारी दिनुभयो । सलहले बालीनालीमा क्षति गर्न थालेपछि खाद्य सङ्कट आउन सक्ने भन्दै किसान चिन्तित भएका छन् ।
उक्त किरालाई अनेक तरिकाले भगाउन खोज्दा पनि नभागेको र अहिले पनि सलहले बालीनालीमा व्यापक क्षति गरिरहेको स्थानीय भुलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्