तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा थप छ जना डिस्चार्ज, २३ जना आइसोलेसनमा

सल्यान । सल्यानमा थप छ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

जिल्लाका लुहापिङ आइसोलेसनमा उपचाररत छ जना कोरोना सङ्क्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कुमाख गाउँपालिकाका दुई जना महिलासहित पाँच जना र शारदा नगरपालिकाका एक जना गरी छ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या दुई सय २४ पुगेको छ । जिल्लामा अहिलेसम्म दुई सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार लुहापिङ आइसोलेसनमा तीन महिला १३ पुरुषसहित १६ जना, प्रभाकर मावि बनगाड कुपिण्डेको आइसोलेसनमा छ जना र छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा एक जना गरी २३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button