तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा शुक्लाफाँटा नगरपालिकाको वडा कार्यालयमा आगजनी

कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

झ्यालका सिसाहरू फुटाएर पेट्रोलियम पदार्थ छर्किई वडा कार्यालयमा आगजनी गरेको पाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जगत बहादुर सिंहले जानकारी दिनुभयो ।

आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको उहाँले बताउनु भयो । वडा कार्यालयमा कसले किन आगजनी गर्‍यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

क्षतिको विवरण सङ्कलन गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको भनाइ छ । उहाँका अनुसार, सभा हल र सचिवको कार्यकक्षमा बाँसको मसाल बनाई पेट्रोलियम पदार्थको सहायताले आगजनी गरेकोले बढी क्षति भएको जानकारी दिनुभयो ।

वडाध्यक्षको कार्यकक्षमा भने आंशिक रूपमा क्षति भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button