त्रिविका सबै क्याम्पस खुल्ने, भदौ ७ देखि परीक्षा

काठमाडौँ । लकडाउन खुलेसँगै त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू खुल्ने भएका छन् ।
विश्वविद्यालयले नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै आजबाट क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दीका कारण क्यापम्पसहरु बनद थिए ।
सरकारले बन्दाबन्दी खुला गर्ने निर्णय लिएलगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको हो ।
यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्