तपाईँ सुन्दै हुनुहुन्छः

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहिबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बिहिबार पनि सुनको भाउ घटेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button