तपाईँ सुन्दै हुनुहुन्छः

भोलीदेखि अनलाइन कक्षा बन्द हुने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुका संस्था प्याब्सन र एन–प्याब्सनले भोलि साउन १ गतेबाट अनलाइन कक्षा स्थगन गर्ने जनाएका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले दुबै संगठनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण चैत्रदेखि सुरु भएको लकडाउनपछि पठनपाठन बन्द रहेको अवस्थामा अनलाइनमार्फत पठनपाठन गरे पनि आयश्रोतको अभावमा शिक्षक–कर्मचारीलाई तलब दिन नसकिएकोले बैकल्पिक शिक्षण सिकाइलाई निरत्नरता दिन नकिएको अध्यक्ष पुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button