स्वीस बैंकमा प्रधानमन्त्रीको खाता छैन : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गनुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै उहाँले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता नभएको स्पष्ट पार्नुभएको हो । ‘स्विस बैंकमा प्रधानमन्त्री ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित हो ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’ थापाले वजारी गर्नुभएको प्रेस विज्ञप्तीमा भनिएको् छ ।
विज्ञप्तीमा झुटो समाचारको खण्डन गर्दै ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक रहेको’ बताइएको छ ।
उहाँले समाचारमा कुनै सत्यता नभएको भन्दै आम नेपालीहरूलाइयस्ता दुष्प्रचारको भ्रममा नपर्न अपिल समेत गर्नुभएको छ ।
विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारवाहीको पनि माग गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्