तनहुँमा गाँजा नष्ट गर्दै प्रहरी

तनहुँ । लागूपदार्थ दुब्र्यसनीलाई न्यूनिकरण गर्ने उदेश्यले तनहुँको भिमाद क्षेत्रमा उत्पादित गाँजा नष्ट गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्लाको भिमाद नगरपालिका स्थित सिस्नेरीमा रहेको झण्डै ५ सय गाँजाको बोट शनिबार इलाका प्रहरी कार्यालय भिमादको टोलीले नष्ट गरेको हो ।
स्थानीयले विभिन्न बहानामा उत्पादन तथा संरक्षण गरेको गाँजा फडानी गरेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो । उहाँले अन्दाजी २ रोपनी क्षेत्रफलमा रहेका गाँजा नष्ट गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्