तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सांसदद्धारा सञ्चार गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

बारा । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार वटा सञ्चार संस्थाहरुलाई कोरोनाबाट बच्न स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

बारा क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्रका सञ्चार संस्थाहरुलाई कोरोनाबाट बच्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट सिर्जित महामारीको अवस्थालाई मध्येनजर गर्दै प्रदेश सांसद विश्वकर्माले आफ्नो क्षेत्रका चार वटा एफ एम रेडियो लगायत पत्रकार महासंघलाई सिमरामा आज एक सामान्य कार्यक्रम गरि व्यक्तिगत सुरक्षा कवच लगायत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री पाउँने संस्थाहरुमा रेडियो अकाशबाणी जीतपुर, रेडियो सिमरा, रेडियो नागरिक र रेडियो सम्पर्ण रहेका छन् ।

यसैबिच आजै सांसद विश्वकर्माले सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत मास्क, स्यानिटाईटाईजर, पञ्जा लगायत ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको पानी ट्यांकीसहित हात धुने स्थानको समेत आजै उनले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button