तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व मन्त्री बस्नेतले बाह्रबिसे अस्पतालमा पि सि आर मेसिन सहयोग गर्ने

मेलम्ची– पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले पि सि आर परिक्षणका लागि अत्याधुनिक मेसिन सहितको स्वास्थ्य सामाग्रि सहयोग गर्नुृहुने भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बाह्रबिसे अस्पतालमा उपलब्ध गराउनु हुने भएको नेपाली काँग्रेसका नेता युधिर पौडेलले जानकारी दिनुभयो ।

साथै उँहाले कर्मचारी किट लगयात ब्यबस्था पनि आँफैले गरिदिने जानकारी दिनुभयो । पि सि आर परिक्षण गरेर पनि रिपोर्टकालागिहप्तौ सम्म कुर्नुपर्ने झन्झट भइरहेको बेला सिन्धुपाल्चोकामा यस्तो अत्याधुनिक मेसिन आउनुले सिन्धु बासिमा खुशियालि छाएको छ ।

नेपालमा कोरोना महामारी फैलिरहेको बेला सरकारले एक तिहाइ जिल्लामा पनि पि सि आर मेसिन नपुग्नुले सरकारको कामप्रति असन्तुष्टि जनाउदै पुर्व मन्त्री बस्नेतले मेसिन सहित अन्य स्वास्थ्य सामाग्रि सहयोग गर्ने पौडेलले बताउनुभयो । पुर्व मन्त्री बस्नेतले यसअघि पनि सिन्धुपाल्चोकमा स्वास्थ्य सामाग्रि, सुरक्षाकर्मि र आमनागरिकलाइ स्वास्थ्य सामाग्रि वितरण गर्दै आउनुभएको थियो ।

जिल्ला भरका ६१३ जना स्वास्थ्यकर्मिको कोरोनाबिमा, नेपालमा पहिलो पटक मृत्यु भएकि सुत्केरी महिलाको शिशुको पालनपोषणका लागि १ लाख रुपैँया सहयोग गर्नुका साथै १२ कक्षा सम्मनिशुल्क शिक्षाको ब्यबस्थागरिदिने बचनदिनुभएको छ । साथै आगामि दिनमा एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बिमा गरिदिने योजनाभएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री बस्नेत द्धारा हस्ताक्षरित विज्ञिप्तिमा भनिएको छ । नेपाल सरकारले धुलिखेल र काँठमाडौँमा उपलब्ध गराएको पि सि आर रिपोर्ट आउनहप्तौ कुर्नपरेको भन्दै क्वारेन्टिमा बसेकाहरुले सरकारको आलोचनागर्दै आएकाथिए । भारत लगाएत तेस्रो मुलुकबाट आएका र कोरोना सँग मिल्दोजुल्दो लक्षण फेला परेका नागरिकहरुलाइ अहिले क्वारेन्टाइनमा पि सि आर रिपोर्टको पर्खाइमा राखिन्छ । अब सिन्धुपाल्चोकमा नै पि सि आर मेसिन आएपछि रिपोर्ट आउन केहि सहजहुने आँकलन स्थानियको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button