महोत्तरीमा पत्रकारको कोरोना बिमा
महोत्तरी । महोत्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने जिल्लाका पत्रकारको कोरोना बिमा भएको छ । कोरोना माहामारीमा पनि सक्रिय रहेर सूचना सम्प्रेषणमा काम गरिरहेका जिल्लाका ५१ जना पत्रकारको कोरोना विमा गरिएको हो ।
बर्दिवास १ स्थित विनायक होटल प्रा.लि.ले शिखर इन्स्योरेन्स कम्पनीसंग समन्वय गरि उक्त कम्पनीमा ५१ लाख बराबरको पत्रकारको बिमा गरिदिएको हो । प्रा.लिका संचालक विष्ण खड्काले जोखिम मोलेर काम गरिरहेका पत्रकारलाई थप काम गर्ने उर्जा मिलोस् भन्ने मनोभावले सरक्षाको प्रत्याभुती गराउन बिमा गरिदिएको बताउनुभयो ।
बिमित पत्रकारले कोरोना पोजेटिभ भएको पिसिआर रिपोर्ट पोजेटिभ आएमा बिमा कम्पनी संग दाबी गरेमा १ लाख बिमा रकम प्राप्त गर्न सकिने शिखर इन्स्योरेन्स बर्दिवास शाखाका प्रमुख नरेन्द्र कडारीले बताउनुभयो ।
जिल्लाका स्थानिय तहसंग पत्रकारको बिमा गराउन अनुरोध गर्दा पनि स्थानिय सरकारले वेवास्ता गरेपछि व्यापारी पत्रकारको सुरक्षाको निम्ती खडा भएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डलले खुशी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्