इलाममा पनि कोरोना संक्रमण देखियो

इलाम । इलाममा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । भारतको चेन्नाईबाट नेपाल आएका सूर्योदय नगरपालिकाका २६ बर्षका युवाको पिसिआर टेस्ट पोजेटिभ देखिएको हो ।
उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।
यता सुर्योदय नगरपालिकाका स्वास्थ शाखा फोक्कल पर्शन बिपुल अधिकारीले दिनुभएको जानकारी अनुसार सक्रमित युवा जेठ १८ गते इलाम सूर्योदय कर्फोक क्वारेन्टाइनमा आएका थिए ।







प्रतिक्रिया राख्नुहोस्