तिलोत्तमा नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित फेला
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा वडा नं. ४, ८ र ९ का १–१ जना गरि ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षीय र वडा नं. ८ का ६२ वर्षीय पुरुष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
भारतको मुम्बईबाट आई सुनौलीस्थित क्वारेन्टाइनमा बसेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरी क्वारेन्टिनमा राखेको थियो । रूपन्देहीमा सोमबार दिउँसोसम्म संक्रमितको संख्या १ सय १८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्