बाँकेमा तीन जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज तीन जना कोरोना सङ्क्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय र ७ का १५ र ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या दुई सय ७० पुगेको छ ।
हालसम्म ५० जना निको भएर घर फर्किँदा एक जनाको भने मृत्यु भइसकेको छ । भेरी अस्पतालका अनुसार आज गरिएको परीक्षणमा रोल्पाका २ र बर्दियाका एक जनामा पनि सङ्क्रमण देखिएको छ ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का २० र २७ वर्षीय पुरुष तथा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्