सोती घटनाका अभियुक्तलाई थप १० दिनको म्याद थप

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका माथी थप १० दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदालत रुकु्म पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिनुभयो । उनका अनुसार अब म्याद थप हुनसक्ने संभावना कम रहेको छ । ‘एकजना बालबालिका समेत रहेका कारण अब फेरी म्याद थप हुनसक्ने संभावना कम छ, सायद यो म्याद सकिनु भन्दा अघि नै सरकारी वकिल कार्यालयबाट अभियोग गर्दा हुन्छ’ श्रेस्तेदार बोहराले भन्नुभयो, ‘अन्यलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भएपनि बालबालिकाको हकमा २१ दिन मात्र पाईन्छ ।’
पहिलो पटकलाई १० दिन थुनामा राख्न आदेश भएको थियो र यो थप १० दिन संगै जम्मा २० दिन थुनामा राख्न आदेश हुन्छ । मृतक परिवारको तर्फबाट २० जनामाथी किटानी जाहेरी दर्ता पछि प्रहरीले १८ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्