सुनसरीको दशगजा क्षेत्रबाट लागूऔषधसहित १ युवा पक्राउ

सुनसरी । लागूऔषध कारोबारमा संलग्न एक युवालाई सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने कोशी गाउँपालिका–५ बाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ का २२ वर्षीय तनवीर आलम मियाँलाई नियन्त्रणमा लिन सफल भएको छ । एक जना भने फरार रहेको जिला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
मियाँले बोकेको झोला जाँच गर्ने क्रममा डाइलेक्स डिसी २५ बोतल, स्पास्मोप्रोक्सिभन ७२ क्याप्सुल, नेट्रोट १० लेखिएको २७० ट्याब्लेटसहित २१ ह्जार रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका–५ नेपाल र भारतको दशगजा क्षेत्रबाट दुई वटा मोटरसाइकलमा प्याक रक्सी लाँदै गरेको अवस्थामा बरामद गरिएको छ । को ४ प ६०११ र को ३ प ७०८२ नम्बरको मोटरसाइकलमा लोड गरेर लाँदै गरेको अवस्थामा दिलवाले नामक रक्सी र मोटरसाइलक गस्ती टोलीले बरामद गरिएको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्