वन फडानी तथा चोरी शिकारी गर्ने ७ पक्राउ
जनकपुरधाम । लक डाउनको मौकामा प्रदेश नंं २ को राष्ट्यि वन क्षेत्रमा फडानी गर्ने तथा चोरी शिकारी गर्ने ७ जना सहित अन्य हात हतियार बरामद गरिईएको छ ।
प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले यस अवधिमा पक्राउ परेका व्यक्तिवाट १ थान भरुवा बन्दुक, २ थान भाला, २ थान जाल, अन्य सामानहरु तथा १ हजार क्युविक फिट काठ पनि बरामद गरेको छ ।
खास गरेर लक डाउनमा प्रहरीहरु अन्य काम तथा सीमानामा केन्द्रीत भएको मौकामा वन फडानीमा लागेको पाईएपछि वन रक्षकहरुलाई परिचालन गरेर वन गस्ती बढाउने काम भएका कारणले शिकारी तथा तस्कर पक्राउ परेका छन् ।
धनुषा सहित प्रदेश नंं ८ का जिल्लाहरुको उत्तरी भाग तथा चरे क्षेत्रमा थोरै वन भएपनि यस्तो बेलामा वन फडानी गर्नेहरु सक्रिय हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्