जीटुजी प्रक्रियामार्फत किनेको सेनाका १० कन्टेनर सामान खासामा

मेलम्ची । सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत किनेको सेनाका १० कन्टेनर सामान खासामा आइपुगेको छ ।
नेपाली सेनाले किनेको स्वास्थ्य सामग्री आज खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भोलिसम्म काठमाडौं पठाइने तयारी भएको बताउनुभयो ।
सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना सङ्क्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।
केही सामान विमानमार्फत ल्याइने भनेता पनि त्यो प्रक्रिया नपुगेका कारण गन्जाउ विमानस्थलमा नै रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्