ठूलो परिमाणको लागु औषधसहित १ जना पक्राउ
सुनसरी । सुनसरीको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले ठूलो परिमाणको लागुऔषधी सहित १ जना पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले हिजो वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ८ बाट कोशी गाउँपालिका वार्ड नम्बर १ स्थित लौकही बस्ने १९ वर्षका रोशन झालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्टवाट लौकहीबाट स १० प ४६९२ नम्बर पल्सर मोटरबाइकमा आउँदै गरेको झालाई विहान ४ वजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताउनुभयो ।
पक्राउ परेका झाको साथबाट २ एम एल को १ सय ५० को दरले लिजेसीक, फेनारगन र डाइजेपाम गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ६५ बोटल डाइलेक्स २ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा स्पास्मो प्रोक्सीभेन क्यापसुल, नेपाली ११ हजार ८ सय १० र भारतीय रुपैया १ हजार २ सय ३० रुपैंया र मोबाइल र घडी १÷१ थान साथै निलो रंगको स १० प ४६९२ नम्बर पल्सर मोटरबाइक बरामद गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्