तपाईँ सुन्दै हुनुहुन्छः

५६ जनाद्वारा रक्तदान

मेलम्ची । सिन्धुपाल्चोकको चौतारामा आज गरिएको कार्यक्रममा विभिन्न ५६ जना व्यक्तिले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए ।

कोभिड–१९ को संक्रमणको कारण उपत्यकामै रगत अभाव भएको अवस्था रहेकाले जिल्लामा रगत अभाव नहोस् भनेर रक्तदान गरिएको सभापति राजेन्द्रमान ताल्चाभँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button