तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का १ जना र ८ का १५ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका सबै वडाले आज विहानैदेखि आउजाउ कडा गरेका छन् ।

एक वडाबाट अर्को वडामा अत्यावश्क काम बाहेक मानिसहरुको आवतजावत पूर्णरुपमा रोकेको वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।

त्यस्तै खजुरा गाउँपालिका चारै दिशाबाट शिल गरिएको छ । पूर्वमा नेपालगञ्जबाट जाने नाका कपास विकास समिति अगाडिको पुल, पश्चिममा मानखोला, उत्तरमा बैजनाथबाट जाने बाटो र दक्षिणमा भारतीय नाका सबै शिल गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाले पनि नेपालगञ्जसंग जोडिएको दक्षिणी सीमा शिल गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button