नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ

बीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पर्साका तीन र रौतहटको एक गरी चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
छपकैयाको मक्की जामे मस्जिद र घुसुकपुरस्थित मस्जिदमा बसेका तीन भारतीय जमाति तथा एक रौतहटका युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएकोमाआज उनिहरुको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।
नेगेटिभ रिपोर्ट आएपछि चारै जना संक्रमितलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले आज फेरि नेगेटिभ रिपोर्ट आएका चारै जनाको अन्तिम पटक पिसिआर परिक्षण गरिने र सो रिपोर्टको आधारमा डिस्चार्ज गरिने बताउनुभयो ।
त्यस्तैगरी नारायणी अस्पतालमा बिहिवार राति सर्लाहीका कोरोना संक्रमित एक बालकलाई उपचारका लागि आईसोलेसनमा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्