तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा दुई हजार ७०० लाई राहत वितरण    

कैलाली –  टीकापुर नगरपालिकाले राहत वितरणमा तीव्रता दिएको छ ।

नगरपालिकाले आठ वडामा वितरण गरिसकेपछि धेरै लाभग्राही भएको टीकापुर–१ मा भने वितरण जारी राखेको छ ।

नगरपालिकाले वैशाख ११ गतेसम्म लकडाउनका कारण प्रभावित अतिविपन्न दुई हजार ७९० परिवारलाई राहत पु¥याएको जनाइएको छ ।

राहात पाउनेमा वडा नं १ का एक हजार २२६ परिवार छन् भने वडा नं २ देखि ९ सम्ममा एक हजार ५६४ परिवार छन् ।

वडा नं १ का ३०० परिवारलाई शुक्रबार मात्रै राहत दिएको छ ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबारदेखि खाद्यान्न पाइएकाले अब निरन्तररूपमा वितरण गरिने जानकारी दिनुभयो । “राहतका लागि आवश्यक खाद्यान्न खरिद गरेका छौँ”, प्रमुख रावलले भन्नुभयो, “अब चार÷पाँच दिनभित्र वितरण कार्य सक्छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button