तपाईँ सुन्दै हुनुहुन्छः

घर जान नपाएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुद्वारा गाडी तोडफोड

नवीन गिरी, नेपालगञ्ज । बाँकेको दशगजास्थित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले घर जान नपाएको भन्दै गाडीमा तोडफोड गरेका छन् ।

शिघ्र परिक्षण विधिबाट कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो ।

घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन् । बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय नगरिएको बताउनुभयो ।

१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न नेपालगञ्ज उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो ।

भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button