तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लकडाउन उल्लङ्घन गर्नेलाई बाटामै दुई घण्टा उभ्याइदै

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन बढेपछि झापामा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै दुई घण्टा उभ्याएर कारवाही थालेको छ ।

‘टु आवरस् लकडाउन सेल’ नाम दिएर प्रहरीले जिल्लाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुरलगायतको स्थानबाट चेकजाँचको क्रममा लकडाउन उल्लंघन गर्नेलाई सामाजिक दूरीमा राखेर कारवाही गर्न थालेको हो ।

लकडाउनमा अत्यावश्यक काम बाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । लकडाउन भरी यो अभियान जारी राखिने उहाँले बताउनुभयो ।

प्रहरीले लकडाउन उल्लंघन गरी हिँडडुल गर्ने र सवारी चलाउने तीन सय बढी सवारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्लास्थित बिभिन्न स्थानहरुमा स्थापना गरिएको लकडाउन सेलमा सामाजिक दुरी कायम राखी बनाइएको गोलो घेराभित्र होल्ड गरी उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्व सम्बन्धमा सचेत एवं जानकारी गराई छाडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button