दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ
डोटी । डोटीमा द्रुत परिक्षण किटमार्फत कारोना परिक्षण गरिएका दुईसय ४० जनाको नतिजा नेगेटिभ आएको छ ।
डोटीका क्वारेन्टाईनमा रहेकाहरुमा हिजो र आज द्रुतपरिक्षण किटमार्फत नमुना परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।
अन्य तीनसय ३० जनाको स्वाब संकलन गरेको र उनीहरुको नतिजा आउन बाँकी रहेको उहाँले बताउनुुभयो ।







प्रतिक्रिया राख्नुहोस्