विर्तामोड नगरपालिकाद्वारा २८ हजार नागरिकलाई राहत वितरण

भद्रपुर, झापा । झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा छ हजार नौ सय ६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
नगरपालिकाले १० वटै वडाका २८ हजार पाँच सय ८६ जनालाई पहिलो चरणमा राहत सामग्री वितरण गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।
सबै वडामा लगत संकलन गरिएका विपन्न र असहाय व्यक्ति र परिवारलाई परिहलो चरणमा ११ लाख तीन हजार सात सय ९५ किलो चामलवितरण गरिएको हो ।
यसैबीच नगरपालिकामा गठन भएको राहत कोषमा ९७ लाख७६ हजार सात सय ४० रुपैयाँ जम्मा भएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था, जीवन विकास लघुवित्त, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी र नेकपा नगर कमिटी बिर्तामोडले भने जिन्सी सामग्री उपलब्ध गराएका छन् ।
यसैगरी अन्य ५५ भन्दा बढी संघसंस्था र व्यक्तिले नगद उपलव्ध गराएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो ।
कोषमा नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्