तपाईँ सुन्दै हुनुहुन्छः

१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ  । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ ९संसोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहनुभएको छ ।

गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button