आपूर्ति व्यवस्था सम्बन्धमा निजीक्षेत्रसँग छलफल

काठमाडौँ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीहरुले अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम वितरण प्रणालीका सम्बन्धमा नीजि क्षेत्रसंग बिहिवार छलफल गरेको छ ।
आपूर्ति मन्त्रीको नेतृत्वको सरकारी टोलीले बिहिवार नेपाल चेम्बर अफ कर्मशको आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ लगायतका संघका पदाधिकारीहरु सँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम वितरण प्रणाली बारे छलफल गरेको हो ।
छलफलमा सभापति देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु बिक्रि वितरण गर्न संघ प्रयत्नशील रहेको बताउनुभयो ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले वितरण प्रणालीलाई लकडाउनको अवस्थालाई धयानमा राखि प्रभावकारी र मितव्ययी बनाउन आग्रह गर्दै हालको प्रवन्ध प्रति सन्तोष व्यक्त गर्नु भएको नेपाल चेम्बर अफ कर्मशले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको टोली खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे जानकारी लिन नेपाल चेम्बर अफ कमर्स गएको थियो ।







प्रतिक्रिया राख्नुहोस्