तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना संक्रमितको उपचार तोकिएको अस्पतालमा मात्रै’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताउनुभएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीलाई जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्ण रुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गर्न निर्देशन दिनुभयो ।

मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार शुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।

कोराना उपचारका लागि तयार गरिएका अस्पतालको तयारीका बारेमा अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अवस्थाका बारेमा बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button