धादिङमा दादुराको कारण दुई बालबालिकाको मृत्यु, एक सय ५० भन्दा बढि बिरामी

धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताउनुभयो । अनिसाको चैत १७ गते र सुशान्तको चैत ११ गते मृत्यु भएको थियो ।
गाउँमा धेरै बालबालीकाहरुमा दादुराको महामारी फैलिएको र आफुहरु समस्यमा परेको स्थानीयहरुको भनाई छ ।
दादुराको महामारी भएपछि बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङमा महामारी नियन्त्रणमा कार्य जटिल बन्दै गएको छ ।
दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेलाबेनिघाट रोराङ गाउँपालिकामा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतका चेपाङ बस्तीमा दादुराको महामारी फैलिएको हो ।
फागुन ६ गते चेपाङ बस्तीमा दादुराको माहमारी फैलिन शुरु गरेको र पटक पटक त्यस स्थानमा स्वास्थ्यकर्मीहरुको टोली पठाई उपचारको कार्य भईरहेको भए पनि दादुरा फैलिदै गएको छ ।
गाउका बिरामीको सख्या बढदै गएको आधारमा दादुरा हुन सक्ने देखिएपछि विशेष ध्यान दिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताउनुभयो ।
बस्तीमा रहेका ६ महिना देखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढि बालबालिकामा ादादुरा देखिएको छ । अहिलेसम्म एक सय ५० भन्दा बढी बिरामी परेका छन । दादुराको महामारी परेका दुई सय जनालाई खोप लगाइएको छ ।
महामारी नियन्त्रण गर्न तयारी गरिरहेकै बेला कोरोना भाइरस कोभिड–१९ का कारण अभियान प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्