क्वारेन्टाइन पुर्याइएका २४ जना स्वास्थ्य परिक्षणपछि घर फर्किए

मेलम्ची । लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका २४ जना शनिबार घर पठाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाँउपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामिण महिला सिर्जनशीलमा रहेको क्षेत्रिय क्वारेन्टाईनबाट स्वास्थ्य जाँच गरी घर पठाईएको हो ।
उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फ क्वारेन्टाईनमा बस्ने सर्तसहित जिम्मेवारी दिई पठाईएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
राजधानीको बिभिन्न ठाँउमा पेशा व्यवसाय गरी वसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको र डाक्टरको सिफारिसको आधारमा आफ्नो–आफ्नो घर पठाइएको तामाङले जानकारी दिनुभयो ।
उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडाँैबाट बाह्रबिसे जाँदै गर्दा तीन वटा बोलेरो पिक अपबाट नियन्त्रण गरी प्रहरीले क्वारेन्टाईन पर्याइएको थियो ।
२४ जना मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाँउपालिका र अधिकांश बाह्रबिसे नगरपालिका रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्