महँगो मुल्यमा चामल बेचेको आरोपमा ३ व्यापारी पक्राउ
पर्सा । पर्साको पोखरीयामा, लकडाउनको मौका छोपी महंगो मुल्यमा चामल बेचेको आरोपमा ३ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले विशेष सुचनाको आधारमा प्रतिबोरा १६ सय पर्ने चामल १८ सय र १२ सय पर्ने चामल प्रतिबोरा १४ सयमा बेचेको आरोपमा पोखरीया नगरपालिका वडा नम्बर ४ निवासी दिलिप नुनिया, विजय कुमार साह र सन्तोष गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुलाई कालाबजारी ऐन अनुसार कारवाही गरिने ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्