तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छलि भारत लैजान लागेको ठूलो परिमाणमा ओखर बरामद

वीरगंज । अवैध रुपमा नेपालबाट भारत तर्फ ३० लाख मुल्य बराबरको ओखर मिनी ट्रकमा लोड गरी लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले गएराति वीरगंज महानगरपालिका वडानम्बर १९ बाट ना ५ ख १०५४ नम्बरको मिनी ट्रकमा राखेर भारत तर्फ लैजान लागेको ३० लाख मुल्य बराबरको ओखर सहित स्थानिय २८ बर्षिय अनुज रामलाई पक्राउ गरेको छ ।

पक्राउ परेको ओखर, ट्रक तथा चालक रामलाई थप कारवाहीका लागि आज बीरगंज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

यसैगरी पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडानम्बर १९ मा मुकेश साहको कपडा गोदाममा छापामारी भारतबाट राजस्व छलि भित्र्याईएको १ लाख ५० हजार मुल्य बराबरको भारतीय कपडा बरामद गरि आज भन्सार बुझाईएको समेत पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button