सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मनले आज शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलबाट विश्वभर सकारात्मक सन्देश गएको बताउनुुभयो ।
उहाँले कोरोना भाइरसले विश्वलाई भयभित बनाइरहँदा उत्तर कोरियाले अपनाएको सतर्कता राम्रो पक्ष भएको र यसबाट अरुले पनि सिक्न सक्ने उल्लेख समेत गर्नुुभयो ।राजदूत जो योङले उत्तर कोरियाले अन्तराष्ट्रिय स्तरमा सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताउनुुभयो । उहाँले नेपालले कोरोना रोक्न गरिरहेको प्रयासको प्रशंसा गर्दै नेपालमा पनि कोरोना संक्रमण नभेटिनुु सुखद पक्ष भएको बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्