भन्सार छलेर ल्याउँदै गरेका ३० गोरु प्रहरी नियन्त्रणमा

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले बेवारीसे अवस्थामा रहेका ३० गोरुलाई नियन्त्रणमा लिएकोे छ ।
सोमवार बर्दिया प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका वडा नं. ११ बाट भन्सार छलि चोरी पैठारी गरी ल्याउँदै गरिएका ३० गोरी गोरु फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिइएका गोरु राजापुर भन्सार कार्यालय बर्दिया पठाएको छ ।
प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खडकाका अनुसार केहीदिन अघिमात्र प्रहरीले गुलरिया नगरपालिका वडा नं. ३ स्थित गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छलि चोरी पैठारी गरी बेवारिसे अवस्थामा छोडिएका ११ गोरु नियन्णमा लिएको थियो ।
खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले केही महिनादेखी बर्दियाको बिभिन्न स्थानको बाटो प्रयोग गरी रागा ,गोरु खसी लगायतका वस्तुभाउ तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाइरहेको र नियन्त्रणमा लिने काम भइरहेको खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्