तपाईँ सुन्दै हुनुहुन्छः

जुगल गाउँपालिकामा १३ जलविद्युत् आयोजना निर्माणाधीन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेको जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वको अमूर्त मागका कारण विद्युतका लगानीकर्ता हच्किएको व्यवसायी रेशम स्याङ्बोले बताउनु भयो ।

गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, विजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पिपिए भएर निर्माणको क्रममा छन् ।

यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । जुगलकै वडा नम्बर ५ मा युनिक हाइडेल चार दशमलव तीन र तीन दशमलव दुई मेगावाट क्षमताका गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन शुरू गरेका छन ।

ट्रान्समिसन लाइनमा स्थानीयवासीको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रिय प्रसारणमा जोड्न समस्या परेको आयोजनाका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठले बताउनु भयो ।

आयोजना सुस्त हुनुमा स्थानीयवासी र आयोजनाबीच समन्वयको कमी देखिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button